राजनीति

प्रचण्ड भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री : पूर्वमन्त्री बस्नेत



काठमाडौँ, ९ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का रहेको बताउनुभएको छ ।

आज प्रचण्ड–माधव नेपाल गुटको भेलाले आफ्नो गुटको संसदीय दलको नेताको रुपमा प्रचण्डलाई चयन गरेको र आगामी दिनमा प्रधानमन्त्रीको दावेदारको रुपमा प्रस्तुत गरेको प्रति लक्षीत गर्दै नेता बस्नेतले प्रचण्डले २०६४ सालको चुनावबाट कार्यकारी राष्ट्रपति भनि व्यापक मात्रामा प्रचारवाजी गरेको जुन हालसम्म पनि भित्ते पेन्टिङ भएको बताउनुभयो । बोकाको टाउको देखाएर कुकुरको मासु भनेको संसदीय व्यवस्थामा सम्झैता गर्ने प्रचण्डको नायक सावित भएसँगै भित्ते राष्ट्रपति बन्न सफल भएको र अबका दिनमा कहिले हुन नसक्ने प्रधानमन्त्री अभिलाषा बोकेको स्पष्ट पार्नुभयो ।

विगठित प्रतिनिधिसभाको नेकपाका सिमित पूर्वसांसदहरुको संसदीय दलको नेता आज चुनिएको उल्लेख गर्दै उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाविपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क. प्रचण्डको ०६४ सालको चुनाव अगाडी भावि कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो फोटो टाँसियो । संविधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनुभयो । अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो । अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो । आज फेरि बिगठीत प्रतिनिध सभाको नेकपाको सिमित पूर्वसासंदहरुको संसदिय दलको नेता हुनु भएछ । अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ । हार्दिक बधाई छ ।’