काठमाडौँ, ९ पौष । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) ले मानव मानव बेचविखन न्युनिकरणमा सहयोगका लागि स्थानिय, प्रादेशिक तथा राष्ट्रिय तहको नमुना नीति तयार गर्ने भएको छ ।
एटविनले त्यस सन्दर्भमा महिला मानव बेचविखन तथा ओसारपसार विरुद्धको स्थानिय –(नमुना) नीति परामर्श कार्यक्रमको आयोजना गरेको छ ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी स्थानीय नीति तथा कार्यान्वयन निर्देशिका २०७७ को नमुना बारे स्थानिय तहका जनप्रतिनिधी र सरोकारवाला सङ्घ संस्थाका पदाधिकारीबीच व्यापक छलफल गरेको थियो ।
एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले मानव बेचविखन विरुद्धको नीति, कानुन ३० औं वर्ष पुरानो भईसकेको छ । त्यस्तो नीतिमा अहिलेको सन्दर्भमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता छ, भन्नुभयो ।
एटविनले मानव बेचबिखन विरुद्ध नीतिगत तहमा राष्ट्रिय/अन्तराष्ट्रिय परिवेशमा आएको परिवर्तन अनुसार नीति, नियम, कानुन कार्यान्वयन कार्यशैलीमा परिवर्तन गराउन अभियानहरू संचालन गर्दै आइरहेको जानकारी दिनुहुँदै कार्यकारी निर्देशक गुरुङले नमुना नीति बनाएर सरकारलाई सहयोग गर्ने लक्ष्य रहेको बताउनुभयो ।
नेपालको संविधान २०७२ अनुसार नेपाल संघिय संरचनामा गई सकेको छ । संघिय व्यवस्था अनुसार देशमा आवश्यक नयाँ कानुनहरुको निर्माण, पुराना कानुनहरूको संशोधन र लागु भईरहेको सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार सम्वन्धी नीतिमा पनि रहेकोले एटविनले त्यस्तो प्रयास गरेको बताउनुभयो ।
कार्यक्रममा आफन्त नेपालका अध्यक्ष इनद्रराज भट्टराईले नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घमार्फत यस नीतिबारे व्यापक छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्