एजेन्सी, ९ पौष । बेलायतमा कोरोना संक्रमणका कारण एकैदिनमा सात सय भन्दा बढीको मृत्यु भएको छ ।
यो संख्या कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी हो । पछिल्लो २४ घण्टामा मात्र थप सात सय ४४ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ ।
संक्रमित संख्या पनि गएको २४ घण्टामा ३९ हजार २७३ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्