रौतहट, १३ पौष । रौतहटको गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६/६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्