काठमाडौँ, १३ पौष । कञ्चनपुर, धनुषा र झापामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ७, हल्दुखालका २२ वर्षीय पंकजसिंह कार्की मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि हराएका उनको खोजी गर्ने क्रममा भीमदत्त नगरपालिका ३, तिलकपुरस्थित खन्याखोलाको जंगलमा उनको शव फेला परेको हो ।
धनुषा, मिथिला नगरपालिका ५ विश्रामपुरस्थित सडकको किनारमा परिचय नखुलेकी करिब ७० वर्षीया महिला मृत फेला परेकी छन् । झापा, दमक नगरपालिका ९ मा डेरा गरी बस्ने पोखरा घर बताउने ३५ वर्षीय रामबहादुर बस्नेत आफ्नै कोठाको खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेका छन् ।










प्रतिक्रिया दिनुहोस्