काठमाडौँ, १३ पौष । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहने बताउनुभयो ।
आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उहाँले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताउनुभयो ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिनुभयो । फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उहाँले कोषको ध्यानाकर्षण गराउनुभयो । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री ढकाललाई कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतका पदाधिकारी एवं कर्मचारीले हाल भइरहेका गतिविधि एवं कोरोना महामारीले पशुपति क्षेत्रमा पारेको प्रभावका विषयमा जानकारी गराउनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्