राजनीति

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ



काठमाडौँ, १६ पौष । लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो । तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन ।

यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६/ १७ करोड तिर्न बाँकी छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।