एजेन्सी, १७ पौष । बेलायतमा एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’का अनुसार गएको २४ घन्टामा थप ५५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ९६४ जना कोरोना सनाक्रमितको मृत्यु भएको छ । हिजो बुधबार ९८१ जना संक्रमितको मृत्यु भएको थियो ।
यो संख्या बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछिकै सबैभन्दा उच्च हो । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ७३ हजार ५१२ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकले देखाएको छ । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ४३३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।
हाल बेलायतका अस्पतालमा २३ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ८४७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । बेलायतमा हालसम्म ९ लाख ४४ हजार ५३९ जनालाई फाइजर-बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।
आउँदो सोमबार बाट भर्खरैमात्र बेलायत सरकारद्वारा मान्यता प्राप्त अक्सफोर्डद्वारा विकसित खोप वितरण कार्य शुरु गर्ने सरकारले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्