विश्व

नयाँ प्रजातिको कोरोना चीनमा भेटियो



एजेन्सी, १७ पौष । ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति चीनमा पनि भेटिएको छ ।

समाचार संस्था रोयटर्सले चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक प्रकाशनको हवाला दिदैं नयाँ प्रजातिको भाइरस भेटिएको जनाएको हो ।

चीनमा नयाँ प्रजातिको कोरोना एक २३ वर्षीया महिलामा पुष्टि भएको हो । उनी हालैमात्र ब्रिटेनबाट चीन फर्किएकी थिइन् । पहिलो संक्रमण भएपनि चीन यसलाई लिएर धेरै सतर्क बनेको छ । संक्रमण पुष्टि भएको चीनले ब्रिटेनसँग हुँदै आएको सिधा हवाईसेवालाई स्थगित गरेको छ ।

नयाँ प्रजातिको कोरोना ४० देखि ७० प्रतिशत छिटो फैलिने दाबी गरिएको छ।