काठमाडौँ, १९ पौष । स्थगित रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गते सुरू भएको उक्त बैठक १० स्थगित गरिएको थियो । आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सो बैठक बस्न लागेको जनाइएको छ ।
प्रतिनिधि सभा विघटनपछि कांग्रेसभित्र निर्वाचनमा जाने या आन्दोलनमा भन्ने बहस जारी छ । साथै यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय पर्खने कि भन्ने पक्षमा पनि नेताहरूबीच मतभेद छ ।










प्रतिक्रिया दिनुहोस्