काठमाडौँ, २१ पौष । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने नियुक्त भएका छन् ।
लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको हो ।
मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल, र नारायण बिँडारीको नाम महाप्रबन्धका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीमध्येबाट न्यौपानेलाई नियुक्त गरेको हो ।
सिफारिस समितिले दरखास्त दिनेहरू मध्ये शैक्षिक योग्यता, अनुभव, व्यवसायिक कार्ययोजनाको मूल्यांकन, प्रस्तुतीकरण र अन्तर्वार्तामा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई छनोट गरेको थियो ।
उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो । २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित याे उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।










प्रतिक्रिया दिनुहोस्