Banner News

थप ५२२ जनामा कोरोना संक्रमण, ५ सय ७८ जना डिस्चार्ज



काठमाडौँ, २१ पौष । थप ५ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेको छ ।

aमन्त्रालयका अनुसार आज ५ सय ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख  ५५ हजार ६ सय ६६ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ९३ जना पुगेको छ ।