अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ पौष । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँलेले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९६ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।