Banner News

थप ५५४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६४ हजार नाघ्यो



काठमाडौँ, २४ पौष । थप ५ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार १  सय ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २१  जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५७  हजार २ सय २९ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ९ जना पुगेको छ ।