काठमाडौँ, २६ पौष । हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतयाः सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्