समाचार

पशुपतिनाथ मन्दिर आज दिनभर बन्द हुने



काठमाडौँ, २६ पौष । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ ।

हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको छ । काेराेना महामारीका कारण झण्डै ९ महिना बन्द भएकाे मन्दिर गएकाे पुष १ गतेदेखि खुलेकाे थियाे ।