राजनीति

बाह्य शक्तिको इशारामा प्रचण्ड प्रम ओलीबिरुद्ध लागे : मन्त्री रायमाझी



अर्घाखाँची, २८ पौष । उर्जामन्त्री टोपबहादुर रायमाझीले बाह्य शक्तिको इशारामा पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लागेको बताएका छन ।

अर्घाखाँचीको मालारानीमा नेकपाले आयोजना गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै उनले भने, ‘बिदेसीको इसारामा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडकमा पुर्याउने प्रचण्ड र माधव नेपालको डिजाइनलाई केपी ओलीले असफल पार्नुभयो, षडयन्त्रमा उनीहरु आफै फस्न पुगे, ‘प्रचण्ड समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको थियो, बाह्य शक्तिको इशारामा नै प्रचण्ड समुहले प्रधानमन्त्रीबिरुद्ध षडयन्त्र रचेको हो ।’

उनले प्रचण्ड समूहले एकताको मर्मविपरीत पार्टीभित्र चरम गुटबन्दी गरेर पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको बताएका छन ।

मन्त्री रायमाझीले ३३ वर्षसम्म आफैं टीको लगाएर पार्टी अध्यक्ष बनेका प्रचण्डलाई विधि र पद्धतिको राम्रो ज्ञान नभएको समेत बताउदै उनले भने ‘पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गर्नुभयो ।,’