काठमाडौँ, २८ पौष । हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज राति भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबीच काठमाडौँ उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस भएको छ । हिजो न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आज बिहान पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।
मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्