काठमाडौँ, २८ पौष । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् ।
आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो । प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्