काठमाडौँ, २९ पौष । काठमाडौँको बालाजुस्थित आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटर राजन शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई समेत नियन्त्रणमा लिएको छ ।
कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिने/दिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्