राजनीति

विदेशमा कोरोनाबाट थप दुई जना नेपालीको मृत्यु



काठमाडौँ, ४ माघ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  १ जना र साउथ अफ्रिकामा १ जनाको  मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या  ३ सय १९ पुगेको छ  ।

संघका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने  २ लाख ६१ हजार ४४  जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।