काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको टिप्प्णी गरेका छन् ।
आज अखिल नेपाल महिला संघको केन्द्रीय समितिको दोस्रो बैठकमा सहभागी महिला नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–प्रचण्ड चटके छन्, माधवकुमार नेपाल उनका मामुली कार्यकर्ता हुन् ।
प्रधानमन्त्री ओलीले माधव नेपाललाई पनि प्रचण्डले छक्याएको बताउदै उनले भने, ‘तपाई नै अन्तिम वक्ता हो पार्टीको अध्यक्ष भइसक्नुभयो भन्दै झुक्याउँदै छन् भोलि के गर्छन हेर्दै जानुहोला ।’ उनले आफू समृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा लिएर हिँडेका कारण सबैलाई हँसाउने बताए ।
उनले जनयुद्ध कुहिएको फर्सी भन्दै गरेको टिप्पणीको पनि स्पष्टीकरण दिएका छन् । उनले भने- मैले पूर्व माओवादी आन्दोलनमा लागेकाहरुलाई भनेको होइन, ठूला सपना देखाएर महान क्रान्ती भन्दै लाखौं युवालाई सहभागी गराउने प्रचण्डलाई भनेको हुँ । उनले जनयुद्धमा लागेर आफ्नो जीवन वर्वाद बनाएकाहरुलाई प्रचण्डले कहिल्यै नसम्झिएको र आफ्ना परिवारलाई मात्र फाइदा दिएको बताए । ‘देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो तर अहिले कहाँ ल्याए त्यो कुरा सम्झाउन खोजेको हुँ, वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्छु’ प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।










प्रतिक्रिया दिनुहोस्