विश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघ्यो



एजेन्सी, ६ माघ ।  अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख १२ हजार २५३ संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५५७ संक्रमितको मृत्यु भएको छ ।