Banner News

थप ३०२ जनामा कोरोना संक्रमण, ४ सय ८० जना डिस्चार्ज



काठमाडौँ, ९ माघ । थप ३ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ६८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ८० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय ८६ जना पुगेको छ ।