समाचार

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, १० माघ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

गएराति भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।