वीरगञ्ज, ११ माघ । वीरगञ्ज महानगरपालिकामा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
वीरगञ्ज-१ छपकैयामा बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्