वीरगञ्ज, १२ माघ । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जनाइएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्