विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १४ हजार नाघ्यो



एजेन्सी, १३ माघ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ४१६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा १ लाख ७० हजार ८८३ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कारोना संक्रमितको संख्या २ करोड ४७ लाख ७५ हजार २०८ पुगेको तथ्यांक छ ।