अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १३ माघ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।