समाचार

आफ्नै बाबुले गरे दुई वर्षीया छोरीको हत्या



बुटवल, १३ माघ । अर्घाखाँचीमा एक बाबुले आफ्नै दुई वर्षीया छोरीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेका हुन् । विगत केही महिनादेखि श्रीमानसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीया छोरीको  हत्या गरिएको हो ।

घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।