काठमाडौँ, १४ माघ । काठमाडौँको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा ३ ख ६१ ९९ नम्बरको ट्रक पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिका ४ बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाडौँको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको मृत्यु भएको हो ।
दुवै जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्रक सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्