राजनीति

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता



काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका हुन् । राजाराम घिमिरे र लोचन भट्टराई लगायतले अवहेलनाको मुद्दा चलाउन पेश गरेको निवेदन दर्ता भएको हो ।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको लिखित वक्तव्य निकालेका थिए । उक्त लिखित वक्तव्यले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दालाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ ।

उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतकाे अवहेलना गरेकाे दाबी निवेदनमा गरिएकाे छ । निवेदनमा चारै जना पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिन माग गरिएको छ।