काठमाडौँ, १५ माघ । देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने आज राती देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराईका भूभागहरुमा बिहानीपख हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्