काठमाडौँ, १५ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्