काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल समुन्नत राष्ट्र बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताउँदै उहाँले यसबाट नै विद्यमान विसंगतिको अन्त्य हुने र राष्ट्रले द्रुत रुपमा विकास निर्माणका कार्यहरु गर्ने धारणा व्यक्त गर्नुभएको छ ।
सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेको सभापति देउवाले बताउनुभएको छ । मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्