समाचार

आजको मौसम



काठमाडौँ, १६ माघ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, गाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का हिमापातको संभावना रहेको छ । तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ । यसले स्थल तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्तै आज विहान साढे ६ बजेको काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो ।

दिउँसो मौसम सफा रहने काठमाडौँको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ । विहान मसिनो कुहिरो लागेको काठमाडौंमा भिजिविलिटी २ किलोमिटर रहेको छ ।