राजनीति

निर्वाचन आयोगले बोलाएको बैठकबाट भाग्यो प्रचण्ड–माधव समूह



काठमाडौँ, १६ माघ । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक खिचातानी, कुर्सी तथा सत्ता स्वार्थका कारण प्रधानमन्त्र तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गर्नुभएको थियो । प्रचण्ड–माधव समूहले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लगेकै कारण प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति समेत सार्वजनिक भइसकेको छ ।

२०७८ साल बैशाख १७ र २७ गते निर्वाचनको मिति नै सार्वजनिक भइसकेसँगै निर्वाचन आयोगले समेत व्यापक मात्रामा तयाी अगाडी बढाएको छ । आयोगले नेकपाको विवादलाई समाधान गरी दिएको छ । जसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली तथा प्रचण्डको हस्ताक्षरलाई नै मान्यता दिने भएको छ । यो सँगै पार्टीको नाम र सूर्य चिन्हको मुख्य हिस्सेदार ओली पक्ष रहेको बुझ्न सकिन्छ ।

आयोगले निर्वाचनको हालसम्मको तयारी तथा आगामी दिनको बारेमा छलफल गर्न ओली तथा प्रचण्ड समूहलाई बैठकमा आज बोलाएको थियो । जसमा प्रधानमन्त्री ओलीको तर्फबाट छलफलमा सहभागिता जनाएका थिए भने प्रचण्ड–माधव समूह छलफलबाट भागेका छ । प्रचण्ड समूहले आयोगमा पत्र थमाई छलफलमा नवसी बाहिरिएको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड पक्षबाट राजेन्द्र पाण्डेको नेतृत्वमा आयोग पुगेका थिए भने ओलीको पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा गएको थियो । पत्रमा प्रचण्ड उपत्यका बाहिरि जिल्लाको कार्यक्रममा भएकाले छलफललाई १८ गतेभन्दा पछि सार्न आग्रह गरिएको छ । तर प्रचण्ड आज विहानसम्म काठमाडौँमा नै रहनुभएको थियो । आगोगको छलफलमा जानुपर्छ तथा निर्वाचनमा भाग लिन नसक्ने आंकलन गरेपछि प्रचण्ड अहिले विराटनगरतर्फ जानुभएको बुझिएको छ ।

आयोगले निर्वाचनको लागि दल दर्ताको तयारी गरेको भन्ने प्रचण्डले बुझेपछि छलफलमा नबसको स्रोतले जनाएको छ । आफुसँग जनताको साथ नभएकाले आगामी बैशाखमा हुने निर्वाचनमा सहभागिता नजनाउने जसको लागि आलेङ, टालेङ गरेर समय गुजारेर विताउने रणनीति लिएको बुझिएको छ ।

प्रचण्डको पत्र