Banner News

थप १०९ जनामा कोरोना संक्रमण, ३ सय ५० जना डिस्चार्ज



काठमाडौँ, १७ माघ । थप १ सय ९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ५० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६६ हजार ४८ जना रहेको छ । आज २ जनाको मृत्युभएसगै मृत्यु हुनेको संख्या २ हजार २७ जना पुगेको छ ।