समाचार

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



कैलाली, १८ माघ । कैलालीमा  ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका १० का २३ वर्षीय  गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन् । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

ट्याक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ वर्षीय रामसिंह चौधरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।