काठमाडौँ, १९ माघ । प्रचण्ड–नेपाल समुहले नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ ।
प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् । नुवाकोटमा कार्यक्रममा सहभागी हुने क्रममा ओली समूह र पुष्प कमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहबीच झडप भएको छ । ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।
केहिबेर अघि प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले बट्टार क्याम्पस अगाडि कालोझण्डा देखाइ उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुबै पक्षबीच झडप भएको थियो ।










प्रतिक्रिया दिनुहोस्