Banner News

गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन : मन्त्री पोखरेल



नुवाकोट, १९ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैको गलत दवाव र धम्कीले निर्वाचन नरोकिँने बताएका छन ।

सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का नगर्न र तोकिएको समयमा नै निर्वाचन हुने बताए ।

उनले बनाए,  “तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन ।’

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए ।