Banner News

दुईचार जना विकास बिरोधीहरु गए, अब बल्ल काम गर्ने वातावरण बन्यो : प्रम ओली



काठमाडौँ, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट दुईचार जना विकास बिरोधीहरु गएपछि बल्ल कामगर्ने वातावरण बनेको बताएका छन ।

आज नेपाल विद्युत प्राधिकरणको आज ढल्केबर सब स्टेशन कार्यक्रमको उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो मच्चाउने केही व्यक्ति जाँदैमा पार्टीलाई केही असर नपर्ने बताएका छन ।

उनले भने, ‘पार्टीभित्रै बसेर यति उपद्रो गर्ने कही देख्नुभएको छ, थाहा छ ? कही नभएको जात्रा पार्टीभित्रै भएको भन्दै उहाँले दुईचार जना विकास बिरोधीहरु गएपछि बल्ल कामगर्ने वातावरण बनेको बताउनुभयो ।, पार्टीभित्रका कस्ता व्यक्ति गए ? देश बनाउने खालका गए ? देश भक्ति भएका गए ? जनतालाई माया गर्ने गए ? केको संकट तीन करोड जनता छन्।’

प्रधानमन्त्री ओलीले चुनाब तोकिएकै समयमा हुने र सवैलाई त्यसको तयारी गर्न आग्रह गर्दै भने, ‘तपाईहरुले सुन्नुभएको छ, केपी ओली मधेश बिरोधी हो भनेर प्रचारपनि गरियो, आज उसैले तराईमा ढल बनाएको छ, बाटो बनाएको छ, खेतमा सिँचाइ पुरयाएको छ, मधेशको विकासमा लागेको छ, अनि कसरी मधेश बिरोधी भयो ? हामी भावनामा बगेर हुँदैन । हामीले हाम्रो देश हाम्रो ठाउँ बनाउनुपर्दछ ।’

कार्यक्रममा मिथिला नगरपालिकाले प्रधानमन्त्री ओलीलाई नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरेका थिए । आज उद्घाटन भएको प्रसारण लाइनबाट नेपालबाट भारतमा र भारतबाट नेपालमा ९ सय ४५ मेगावाट विद्युत्को आदान प्रदान गर्न मिल्ने भएको छ । ढल्केवरमा नै निर्माण भइरहेको अन्य प्रसारण लाइनको काम जारी रहेको र सबैको निर्माण सकेपछि पूर्व र पश्चिम गरेर ४ हजार मेगावाट विद्युत्को प्रसारण गर्न मिल्ने पनि नेपाल बिद्युत् प्राधिकरणले जनाएको छ ।