Banner News

संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौँ, २० माघ । संवैधानिक परिषद्को भोलि बेलुका ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । बैठक बालुवाटारमा बस्ने बताइएको थियो । सो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।

केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतको भनाइ थियो ।