अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २० माघ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।