Banner News

थप १७१ जनामा कोरोना संक्रमण, २ सय ५९ जना डिस्चार्ज



काठमाडौँ, २० माघ । थप १ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ३० जना पुगेको छ ।