राजनीति

जसपाका गयो भुकम्पः केन्द्रीय नेता प्रम ओली निकट नेकपामा प्रवेश



काठमाडौँ, २१ माघ । तराईमा आफ्नो विशेष भूमिका रहेको दावी गर्ने जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य तथा पूर्वसभासद डा. शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा डा. यादव प्रवेश गर्नुभएको हो । वर्तमान ओली नेतृत्वको सरकार नै मुलुकको विकास र समृद्धिको मेरुदण्ड पार्टी तथाा जनताले ठूलो विश्वास र भरोसा भएको पार्टी भएकाले आगामी दिनमा संगसँगै हातेमालो गरी अगाडी बढ्ने प्रतिवद्धताका साथ उहाँ नेकपामा प्रवेश गर्नुभयो ।

वालुवाटारमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल तथा युवा नेता महेश बस्नेतको उपस्थितीमा डा. यादव नेकपामा प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले खादा लगाई नेकपामा स्वागत गर्नुभयो ।