काठमाडौँ, २२ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताउनुभएको छ ।
प्रचण्ड(माधव पक्षको बिहीबार आमहड्ताल घोषणा गरेको तर्फ इंगित गर्दै उहाँले अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताउनुभयो । त्यस्ता मानिसले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै नपाउने र अन्तत आफैँ पनि सर्वनाश भएको समेत पत्तो नपाउने पोखरेलले बताउनुभयो ।
वुधबार बेलुका ट्वीटरमार्फत उपप्रधानमन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, “अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै पाउँदैनन् र अन्ततोगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो पाउँदैनन् ! समयमै सोचे हुने !!”










प्रतिक्रिया दिनुहोस्