काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोप लगाएका छन् ।
आज काठमाडौँमा किसान महासंघले गरेको कार्यक्रममा बोल्दै प्रम ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका हुन ।
उनले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दु:ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’
प्रम ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको बताउदै उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस ? गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’










प्रतिक्रिया दिनुहोस्