Banner News

थप १०५ जनामा कोरोना संक्रमण, २ सय ७२ जना डिस्चार्ज



काठमाडौँ, २३ माघ । थप १ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ७२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ जना रहेको छ । आज २ जनाको मृत्युभएसगै मृत्यु हुनेको संख्या २ हजार ३५ जना पुगेको छ ।