काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् ।
आज काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि आयोजित बिशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको र सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको बताए ।
मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे । उनले आफ्नो समूह नै मूल पार्टी भएको बताए । ‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’,










प्रतिक्रिया दिनुहोस्